राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारले जित्छ : शेखर कोइराला
काठमाडौं । कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन अधिवेशनको मंगलबार साैराहामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र आफूले जित्ने दाबी गरेका हुन् ।
‘राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। कांग्रेसकै उम्मेदवारले जित्छ’, उनले भने ।
निर्वाचनमा कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति नजित्ने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए। सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने बताए।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया