राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारले जित्छ : शेखर कोइराला
काठमाडौं । कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन अधिवेशनको मंगलबार साैराहामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र आफूले जित्ने दाबी गरेका हुन् ।
‘राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। कांग्रेसकै उम्मेदवारले जित्छ’, उनले भने ।
निर्वाचनमा कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति नजित्ने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए। सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने बताए।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया