NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सार्वजनिक विदाले सरकारी काम प्रभावित : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी विदा धेरै हुँदा सरकारी काम नै प्रभावित बनेको बताएका छन् ।

उनले मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा सरकारी विदामा पुनर्विचार गर्नुपर्नेसमेत बताएका छन् । दाहालले सरकारी विदाले गर्दा जनताको काम गर्ने समय नै कम भएको बताउँदै यसमा मन्त्रिपरिषदले छलफल गरीरहेको जानकारी दिए ।

‘सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ,’ उनले भने, ‘सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ।’