पाकिस्तानले भूकम्प प्रभावित टर्कीमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
एजेन्सी । पाकिस्तानले टर्कीको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको आधिकारिक विज्ञप्तिमा मङ्गलबार जानकारी दिइएको छ ।
सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज र उद्धार टोलीसहित दुई दलहरू पठाएको पाकिस्तानी सेनाको मिडिया विंग इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जनाएको छ ।
सेनाले सेनाका चिकित्सक, नर्सिङ स्टाफ, प्राविधिकसहितको टोली, ३० शैंयाको घुम्ती अस्पताल, टेन्ट, कम्बललगायतका राहत सामग्री पठाएको विज्ञप्तिमा उल्लेख छ ।
टर्की सरकार, सशस्त्र सेना र इस्लामाबादमा टर्की दूतावाससँग नजिकको समन्वयमा काम गर्दै टर्कीका जनताका लागि राहत कार्यहरु गर्न सोमबार राति विशेष पाकिस्तान वायुसेनाको विमानमार्फत सहायता दलहरू अडाना, टर्की उडेको आईएसपीआरले जनाएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एक विमान १५ टन सहयोग बोकेको र राज्य आर्थिक संगठनका कर्मचारीहरू सहितको ५० सदस्यीय सदस्य मङ्गलबार टर्की प्रस्थान गरेको सरकारी कार्यालयले जानकारी दिएको छ ।
विमान लाहोरबाट इस्तानबुलसम्म १५ टन मानवीय सहायता पनि लैजानेछ । सहयोगमा जाडो टेन्ट, कम्बल र अन्य अत्यावश्यक सामुग्रीहरु सामेल हुनेछन्। फेब्रुअरी ८ देखि, प्रत्येक दिन १५ टन मानवीय सहायतासहित पीआईएको उडान पाकिस्तानबाट टर्किए र सिरिया पठाइने विज्ञप्तिमा जनाइएको छ ।
गत सोमबार गएको ७.८ भूकम्पमा चार हजारभन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । पाकिस्तान स्वास्थ्य मन्त्रालयको टोली पनि दुई देशको लागि प्रस्थान गर्ने बताइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया