NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

महिला आईपीएल खेलाडीको अक्सन सूचीमा अटाएनन् नेपाली

काठमाडौं । महिला इन्डियन प्रिमियर लिगका लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ । सूचीमा नेपाली खेलाडी भने परेका छैनन् ।

भारतीय क्रिकेट कन्ट्रोल वोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट ५ खेलाडी रुबिना क्षेत्री, इन्दु बर्मा, सीता राना मगर, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम दर्ता गरिएको थियो । ४०९ जना खेलाडीको सूची सार्वजनिक गरिए पनि सिफारिस गरिएका कुनै पनि नेपाली समेटिएका छैनन् ।

सूचीमा समेटिएका खेलाडीको अक्सन फेब्रुअरी १३ मा हुँदैछ । प्रतियोगितामा ५ टिम सहभागी हुनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष