माया खोला हाइड्रोपावरको आइपिओ बाडँफाँट

काठमाडौं । माया खोला हाइड्रोपावरले आइपिओ बाडँफाँट गरेको छ । हाइड्रोपावरकाे आइपिओमा १ लाख ९९ हजार २०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकले १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले माघ १३ देखि १७ सम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये १०५ अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि आइपिओ निष्काशन गरिसकेको छ ।
यसैगरी, ५५ अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि उक्त आइपिओ छुट्याइएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया