माया खोला हाइड्रोपावरको आइपिओ बाडँफाँट
काठमाडौं । माया खोला हाइड्रोपावरले आइपिओ बाडँफाँट गरेको छ । हाइड्रोपावरकाे आइपिओमा १ लाख ९९ हजार २०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकले १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले माघ १३ देखि १७ सम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये १०५ अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि आइपिओ निष्काशन गरिसकेको छ ।
यसैगरी, ५५ अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि उक्त आइपिओ छुट्याइएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया