द ब्रिटिस कलेजले बास्केटबल टुनामेन्ट आयोजना गर्ने
काठमाडौं । द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । बास्केटबल टुनामेन्ट यही २६ फ्रेबअरीबाट सुरु हुने छ ।
टिबीसी स्पोट्स क्लवद्वारा आयोजना हुने यस टुनामेन्टमा १६ कलेजका टिमहरुबीच प्रतिस्पर्धा हुनेछ ।
ब्रिटिस कलेजले दिएको जानकारी अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछ । ब्रिटिस कलेजकै बास्केटबल कोर्टमा हुने खेल लिग–कम नकआउट फम्र्याटमा खेलाइनेछ । उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन्।
बास्केटबल टोर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ । त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फ्रेबअरी रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया