रवि लामिछानेको दोहोरो राहदानीबारे प्रमाण संकलन सुरू
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (रास्वपा) का सभापति रवि लामिछानेको राहदानीमाथि परेको जाहेरीका विषयमा विभिन्न निकायबाट कागजात संकलन सुरू भएको छ ।
युवराज पौडेल सफलले दिएको जायरीको आधारमा कार्यालयले जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागबाट रविको सम्बन्धमा विस्तृत विवरण मगाएको एक जना सरकारी वकिलले बताएका छन् । ती वकिलका अनुसार तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाउने योजना छ ।
सभापति लामिछानेले विवरण ढाँटेर राहदानी लिएको आरोप लगाउँदै मंगलबार सरकारी वकिलको कार्यालयमा जाहेरी परेको थियो ।
लामिछानेले सुरुमा २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका थिए । उनले २१ फेब्रुअरी २०१४ ९तदनुसार ९ फागुन २०७००मा अमेरिकाको नागरिकता प्राप्त गरे । अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ ९२८ वैशाख २०७२० मा उनी नेपाल फर्किए र १३ जेठमा नेपाली पासपोर्ट लिए ।
सभापति लामिछानेले नेपाल फर्केपछि पनि अमेरिकाको नागरिकता नत्यागेको पाइएको छ । साथै उनले पुरानै नागरिकता देखाएर नेपाली पासपोर्ट लिएको भन्ने उनीमाथि आरोप लागेको हो । यसअघि उनीमाथि लागेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेको छ । अदालतको फैसलापछि लामिछानेको सांसद र मन्त्री पदबाट मुक्त भइसकेका छन् ।
उनले अमेरिकी नागरिकता लुकाएर नेपाली नागरिकता देखाएर पासपोर्ट लिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया