NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ग्यास्ट्रिकको समस्याले सताइरहेको छ ? यी खानेकुरा कम गर्नुहोस्

एजेन्सी । ग्यास्ट्रिकबाट अहिले जो कोहि पीडित छन् । व्यस्त जीवनशैली र कामको चापले खानामा हुने बेमेलताका कारण ग्यास्ट्रिकको समस्या बढ्दो छ ।

यसको प्रमुख कारण खानामा ख्याल नगर्नु नै हो । यो समस्याबाट मुक्ति पाउने एक मात्र उपाय जीवनशैली परिवर्तन नै हो । ग्यास्ट्रिक पेटसम्बन्धि समस्या हो । हाइड्रोक्लोरिक एसिडले खाना पचाउने काम गर्छ । तर जब हाम्रो अमाशयमा चाहिने भन्दा बढी हाइड्रोक्लोरिक एसिड जम्मा हुन्छ त्यो अवस्थामा ग्यास्ट्रिक हुन्छ ।

यसको मुख्य कारण हेलिकोब्याक्टर पाइलोरी नामक किरा हो । ग्यास्ट्रिकले व्यक्तिको दैनिकतामा नै समस्या उत्पन गराइदिन्छ । खाना मन नलाग्ने, पेट दुख्ने, वाकवाक लाग्ने भएमा ग्यास्ट्रिकको भएको बुझनु पर्छ । यस्तै गरी, ग्यास्ट्रिक हुँदा अमिलो पानी आउने, छाती पोल्ने, अमिलो डकार आउने तथा कब्जियत जस्ता समस्या पनि देखिन थाल्छ । ग्यास्ट्रिकले गर्दा नै शरीरमा अन्य समस्यासमेत देखिन सक्छ । ग्यास्ट्रिक बिग्रिदा अल्सरको समस्यासमेत हुन सक्छ । त्यसैले यसको लागि खानपानमा विशेष ध्यान  दिन जरुरी छ ।

किन हुन्छ ग्यास्ट्रिक 

ग्यास्ट्रिकका हुनुका धेरै कारणमध्य एक प्रमुख कारण नै खानामा असन्तुलन हो । दिनचर्याले व्यक्तिले खाना समसयमै खान सक्दैन् जसले ग्यास्ट्रिकको समस्या उत्पन्न गराउँछ । यसै गरी दुधको चिया पनि यसको एक कारण हो । बढी मात्रामा चिया कफी खादा पनि ग्यास्ट्रिकको समस्या हुन्छ ।  बाहिरको अत्यधिक चिल्लो तथा पिरो खाने कुरा र तेलमा तारेको तथा भुटेको तेलयुक्त खाना पनि ग्यास्ट्रिकको कारण हो ।

कसरी बच्न सकिन्छ 

ग्यास्ट्रिकबाट बच्न हामीले दैनिक कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन,मिनरल्स आदि पोषणयुक्त कुरा खानुपर्छ । अमिलो, पिरो चिल्लो आदि मसलादार खानामा कमी ल्याउँदा पनि धेरै हदसम्म यसबाट बच्न सक्छ । यदि ग्यास्ट्रिक बिग्रीसकेको छ भने चिकित्सको परामर्शमा उपचार गर्नु पर्छ । यसबाट बच्न जीवनयापन बदल्द जरुरी छ ।