एमाले विद्यार्थी संगठनको अध्यक्षलगायत पदमा को–को छन् दाबेदार ?
काठमाडौं । आगामी २, ३ र ४ फागुनमा काठमाडौंमा हुने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा माउ पार्टी एमालेले गुट र प्यानल बनाएर प्रतिस्पर्धा गर्न निषेध गरेको छ । स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन यस्तो गरिएको एमालेको भनाइ छ । यसअघिका महाधिवेशनमा नेतानिकटका प्यानल बनाएर विद्यार्थी चुनावी मैदानमा उत्रिने गरेका थिए ।
अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य प्रतिस्पर्धामा छन् । यद्यपि, उपाध्यक्षहरू झपिन्द्र खत्री, लोकेश निरौला र मोती विक, उमेश आचार्यलगायतको पनि चर्चा छ । महासचिवका दाबेदारको संख्या ठूलो छ । अहिलेका चार उपमहासचिव र केही सचिवले पनि महासचिवमा दाबी गरेका छन् । अहिलेका केही उपाध्यक्ष पनि महासचिव पाउने अवस्थामा उम्मेदवारी दिने तयारीमा छन् ।
२३औँ महाधिवेशनमा १५ सय ७९ प्रतिनिधि आउँदै छन् । जसमध्ये अहिलेसम्म १५ सय ५० को हाराहारीमा प्रतिनिधिको टुंगो लागेको इन्चार्ज माधव ढुंगेलले बताए । केही ठाउँमा प्रतिनिधि छनोटमा विवाद छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया