एमाले विद्यार्थी संगठनको अध्यक्षलगायत पदमा को–को छन् दाबेदार ?
काठमाडौं । आगामी २, ३ र ४ फागुनमा काठमाडौंमा हुने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा माउ पार्टी एमालेले गुट र प्यानल बनाएर प्रतिस्पर्धा गर्न निषेध गरेको छ । स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन यस्तो गरिएको एमालेको भनाइ छ । यसअघिका महाधिवेशनमा नेतानिकटका प्यानल बनाएर विद्यार्थी चुनावी मैदानमा उत्रिने गरेका थिए ।
अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य प्रतिस्पर्धामा छन् । यद्यपि, उपाध्यक्षहरू झपिन्द्र खत्री, लोकेश निरौला र मोती विक, उमेश आचार्यलगायतको पनि चर्चा छ । महासचिवका दाबेदारको संख्या ठूलो छ । अहिलेका चार उपमहासचिव र केही सचिवले पनि महासचिवमा दाबी गरेका छन् । अहिलेका केही उपाध्यक्ष पनि महासचिव पाउने अवस्थामा उम्मेदवारी दिने तयारीमा छन् ।
२३औँ महाधिवेशनमा १५ सय ७९ प्रतिनिधि आउँदै छन् । जसमध्ये अहिलेसम्म १५ सय ५० को हाराहारीमा प्रतिनिधिको टुंगो लागेको इन्चार्ज माधव ढुंगेलले बताए । केही ठाउँमा प्रतिनिधि छनोटमा विवाद छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया