NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

जाे ढकमक्क फूलको बगैँचामा रमाउँछन्

काठमाडौं । विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोजे वसन्त गिरीले । चावाहिल स्थायी ठेगाना भएका उनले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताए । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उनी सचिवालयमा करार सेवाको कर्मचारी छन् ।

वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै परिसरमा हुर्काउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ ।’ उनका साथमा अन्य नौजना कर्मचारी सेवारत छन् । बगैँचाले सचिवालय परिसरको शोभालाई आकर्षण बनाइरहेको छ ।

जाडोयाममा पिटुनिया, बाघमुखी, डेन्थस, सिनोरिया लगायतका फूल र गर्मीयाममा जिनिया, पिताम्बर, लाहुरे लगायतका फूलका विरुवा लगाउँदै आएको उनी बताउँछन् । उनीजस्तै फूलबारीको स्याहारसुसारमा आबद्ध रहेका ललितपुर गोदावरीका केशव खड्का तीन वर्षदेखि सोही काममा संलग्न रहदैँ आएका छन् ।

फूलबारीको काम प्रति आफ्नो सम्मान र सन्तुष्टि रहे तापनि समाजको हेर्ने दृष्टिकोण फरक रहेको उनको गुनासो छ । फूलबारीको काममा रहँदा आमा गुमाउनुको पीडालाई पनि भुलेको र कामप्रति रमाइरहेको उनी बताउँछन् । यसैगरी काठमाडौँ बल्खु बसोबास गर्दै आएकी ललितादेवी पासमान पनि बगैँचामा कार्यरत छन् । तीन वर्षदेखि सो सेवा सुरुआत गरेकी उनी कामको सिलसिलामा रहँदा फुलिरहेका फूलले समूहको परिश्रमको सार्थकता र व्यक्तिगत पीडालाई भुलिदिने बताउँछिन् ।

ललितादेवी जस्तै सचिवालय परिसरमा फूलबारीको गोडमेल गर्दै आएका प्रेम जिसी भने पहिलादेखि फूलबारी स्याहारसुसारमा काम गरेका छन् । ‘मलाई बगैँचामा काम गर्दा आनन्द लाग्छ ।’, उनी भन्छन् । सानैदेखि सङ्र्घष गर्दै आएकाले काममा थकान भन्ने महसुस नगर्ने उनी बताउँछन् । नर्सरीका फूललाई अनुकूल तापक्रम, मल, पानी ठीक मात्रा दिएर कठिनाइपूर्वक जोगाउन धौधौ पर्ने उनको भनाइ छ ।

उनीहरुको फूलहरु जोगाउन बढी हेरचाहको आवश्यकता रहेको भनाइ छ । मकवानपुर स्थायी गोमा घलाए डेढ वर्षदेखि सोही काममा कार्यरत छिन् । सहकर्मीहरुको सहयोगात्मक वातावरणमा काम गर्दा कुटो कोदालो बोक्दा पनि त्यति कठिनाइ नभएको र सोही निरन्तरता दिने उनी बताउँछिन् ।

सानोठिमी बस्दै आएकी कल्पना उमागाइँ भने त्यो समूहमा नयाँ हुन् । उनले एक महिना अघिबाट मात्र काम सुरु गरेका थिए । ‘फूलबारीको काममा रुचि छ । ’