बेलुनमाथि अमेरिकाले गरेको दाबीबारे चीनले खोल्यो मुख
काठमाडौं । चीनले आफ्नो मानवरहित बेलुनबारे अमेरिकासँग बारम्बार जानकारी आदानप्रदान गरिरहेको बताएको छ ।
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले आफ्नो मानवरहित हवाई जहाजसँग सम्बन्धित जानकारी अमेरिकासँग साझा गरेको र मौसमसम्बन्धी जानकारी सङ्कलन गर्ने वायुयान अप्रत्याशित कारणले अमेरिकी आकाशमा प्रवेश गरेको जनाएकी छन् ।
तर अमेरिकाले चिनियाँ बेलुनमा मौसमसम्बन्धी जानकारी संकलन गर्ने नभएर गुप्तचर निगरानीमा प्रयोग गर्ने उपकरण फेला परेको दाबी गर्दै आइरहेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा माओ निङलाई एएफपीका रिपोर्टरले यसबारे चीनको धारण के छ भनेर सोधेका थिए । जवाफमा उनले बेलुनमा रहेको उपकरणको सम्बन्धमा आफू जानकार नरहेको बताइन् ।
यसैबीच, अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बेलुनमार्फत अमेरिकाको जासुसी गर्ने चीनको प्रयासको कडा निन्दा गरेको छ।
अमेरिकाको यो कदमको आलोचना गर्दै चीनले अमेरिकी कंग्रेसको यो प्रस्ताव पूर्णतया राजनीतिक फाइदा उठाउने र यस विषयलाई नाटकीय बनाउने प्रयास भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता निङले राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै चिनियाँ नागरिकको सम्पत्ति खरिदमा प्रतिबन्ध लगाउने अमेरिकी सरकारको प्रस्तावको आलोचना गरिन् ।
उनले अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाइचढाइ गरेर बजार अर्थतन्त्रको सिद्धान्त र अन्तर्राष्ट्रिय व्यापार नियमविपरीत गरेको बताइन् । यसले अमेरिकाप्रति विश्वको विश्वासलाई कमजोर बनाउने उनको दाबी छ ।
ताजा अपडेट
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै


प्रतिक्रिया