NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कुटिएका चिकित्सकसँग माफी माग्न राष्ट्रपतिलाई ज्ञानेन्द्र शाहीको सुझाव

घटनाको निन्दा गर्दै राप्रपाले गर्यो दोषीमाथि कारबाही माग

काठमाडौं । सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सवारीका क्रममा प्रहरीद्वारा कुटिएका चिकित्सकसँग माफी माग्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । साथै उनले कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही गर्न पनि माग गरेका छन् ।

शुक्रबार राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनबाट संघीय संसदलाई सम्बोधन गरेर फर्किंने क्रममा सडकमा आवतजावत रोकेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकलाई अटेरी गरेको भन्दै कुटपिट गरेको थियो । कुटपिटबाट घाइते चिकित्सकको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला शाहीले विज्ञप्ति जारी गरेर त्यसको निन्दा एवं दोषीउपर कारबाही माग गरेका हुन् ।

‘चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गरियोस् । साथै सम्माननीय राष्ट्रपतिले क्षमा मागियोस,’ उनले विज्ञप्तिमा भनेका छन् । । प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमानागरिकलाई कुटपिट गर्नु, त्यसमाथि अति संवेदनशील मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु घोर आपत्तिजन्य  कार्य भएको शाहीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

राष्ट्रपतिलाई सम्मान गर्ने नाममा जनतालाई सास्ती दिनु खेदजनक भएको शाहीले बताएका छन् ।

‘हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अन्त हुन जरूरी छ,’ शाहीले विज्ञप्तिमा लेखेका छन् ।