सेफ्टीट्याङ्कीमा फसेको गैँडाको उद्धार
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् ।
आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टीट्याङ्कीमा फसेको थियो । आज बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिइ गैँडाको उद्धार गरिएको उनले बताए ।
अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टीट्याङ्कीमा फसेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया