टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या २८ हजार नाघ्यो
काठमाडौं (एजेन्सी) । टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ ।
भूकम्पमा परी कैयन हराइरहेका छन् । त्यसैले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । भूकम्प गएको ६ दिन बिते पनि भग्नावशेषबाट जिउँदै निकाल्ने आशा अझै मरेको छैन ।
संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यस प्रकोपको सामना गर्न तत्काल चिकित्सा सहायता उपलब्ध गराउन आवश्यक रहेको बताएका छन्।
उनका अनुसार फिल्ड अस्पतालसँगै बाँचेकालाई खाना र बासको व्यवस्था गर्न आवश्यक छ ।
यहाँ, पछिल्लो ३० वर्षमा पहिलो पटक टर्की र आर्मेनिया बीचको अलिकन पोष्ट मानवीय राहत प्रदान गर्न खोलिएको छ।
खाना, पानी र औषधि बोकेका ट्रकहरूले पहिलो पटक यो पोष्ट पार गरे। यी दुई छिमेकीबीच दशकौंदेखि सीमानाका बन्द छन् र सम्बन्ध पनि चिसो छ ।
आर्मेनियाका लागि टर्कीका विशेष दूत सरदार किलिकले अधिकारीहरूलाई धन्यवाद दिँदै आर्मेनियाका जनताले पठाएको यो सहयोगलाई आफूले सधैं सम्झने बताए।
उता, सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा पनि सहायता पुग्न थालेको छ
ग्रिफिथले बीबीसीलाई संयुक्त राष्ट्रले विद्रोही नियन्त्रित उत्तरपश्चिम सिरियामा थप क्रसिङ खोल्न सक्रिय र कडा रूपमा काम गर्ने जनाएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया