आँखामा डार्क सर्कल भएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्
एजेन्सी । आँखाको वरिपरि गहिरो कालो दाग बस्नु नै डार्क सर्कल हो । धेरै समय कम्प्युटर, ल्यापटपमा समय बिताउने तथा बढी तनाव लिने कारण आखाँको वरिपरि डार्क सर्कल आउने गर्छ ।
जीवनशैली स्वस्थ नहुँदा आँखामा यस्तो कालो दाग बस्ने गर्छ । अनिन्द्रा तथा खानपान उचित नहुँदा पनि यस्तो समस्या बढी देखिन्छ ।
जसले व्यक्तिको अनुहारलाई नै कुरुप बनाइरहेको हुन्छ । महिलाहरू आँखामा आएको डार्क सर्कल हटाउन पार्लर जानेदेखि चिकित्सको परामर्श लिनेसम्म गर्छन् ।
तर कोसिस गर्दा गर्दै पनि यसबाट छुटकारा पाउन भने सकेका हुँदैनन् । हामीले यदि आँखाको डार्क सर्कल हटाउने हो भने सुरूमा आफ्नो जीवनयापनको शैली परिवर्तन ल्याउन अत्यावश्यक छ ।
कस्तो जीवनयापन गर्ने ?
डार्क सर्कल हटाउने प्राकृतिक उपाय उचित खानपान हो । हामीले भिटामिन ‘सी’ युक्त खानेकुरा, हरिया सागसब्जी, खाने गर्नुपर्छ । यसैगरी लामो समय कम्युटरको लाइटबाट बच्न पनि जरुरी हुन्छ । लामो समय कम्पुटर, ल्यापटप वा मोबाइलको लाइटले पनि आँखामा यस्ता समस्या ल्याउँछन् ।
अनिन्द्राबाट बच्नसमेत भिटामिन ‘सी’ लाभदायिक छ । यसले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । यसै गरी, भिटामिन ‘ए’, भिटामिन ‘के’, भिटामिन ‘ई’ पाइने खानेकुरामा जोड दिनुपर्छ । यसले छालामा प्राकृतिक सौन्दर्यता प्रदान गर्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया