NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अब ‘जनयुद्ध दिवस’मा पनि सार्वजनिक विदा

काठमाडौं । सरकारले अब जनयुद्ध दिवसका दिनमा पनि सार्वजनिक विदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेपालको राजनीतिमा जनयुद्धले पुर्याएको योगदानको कदरमा सार्वजनिक विदा घोषणा गर्ने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहालले आजको बैठकमा बताएका हुन् ।

माओवादी आन्दोलनको रूपमा प्रख्यात जनआन्दोलन वि.स.२०५२ फागुन १ गतेबाट सुरू भएर २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा परिवर्तन भएको थियो । यही आन्दोलनको जगमा गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्रजस्ता उपलब्धी हासिल भएका थिए ।