अब ‘जनयुद्ध दिवस’मा पनि सार्वजनिक विदा
काठमाडौं । सरकारले अब जनयुद्ध दिवसका दिनमा पनि सार्वजनिक विदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नेपालको राजनीतिमा जनयुद्धले पुर्याएको योगदानको कदरमा सार्वजनिक विदा घोषणा गर्ने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहालले आजको बैठकमा बताएका हुन् ।
माओवादी आन्दोलनको रूपमा प्रख्यात जनआन्दोलन वि.स.२०५२ फागुन १ गतेबाट सुरू भएर २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा परिवर्तन भएको थियो । यही आन्दोलनको जगमा गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्रजस्ता उपलब्धी हासिल भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया