सार्वजनिक विदाको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडाैं । सरकारले दिने गरेको सार्वजनिक विदाको विरोधमा माइतीघरमा विरोधसभाको आयोजना हुँदैछ । सार्वजनिक सरोकार मञ्चले आज विहान ११ बजेदेखि माइतीघरमा विरोधसभाको आयोजना गर्न लागेको जनाइएको छ ।
सरकारले आज जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको छ । जनयुद्ध दिवसलगायत अन्य समयमा हुने गरेका विदाको विरोध जनाउँदै सार्वजनिक सरोकार मञ्चले विरोधसभाको आयोजना गर्न लागेका हुन् ।
बढ्दो बेरोजगारी र आर्थिक रूपमा जर्जर रहेको मूलुकमा एकपछि अर्को गर्दै राज्यशक्तिको दुरूपयोग गर्दै मनलागी सार्वजनिक विदा दिने परिपाटी बढ्दै गएको भन्दै मञ्चले विरोध जनाएका छन् ।
सार्वजनिक विदा दिने सवालमा सरकारको ध्यानाकर्षण गर्ने हेतुले विरोध कार्यक्रम गर्न लागेको मञ्चले जानकारी दिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया