NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

‘सार्वजनिक विदा अति भो, देशलाई खति भो’

काठमाडौं । राष्ट्र र जनतासँग प्रत्येक्ष सरोकार राख्ने सार्वजनिक विदा राजनीतिक दल विशेष बन्दै गएकोप्रति सार्वजनिक सरोकार मञ्चले आज माइतीघर मण्डलामा एक कार्यक्रम राखी घोर भर्सना गरेको छ । बढ्दो बेरोजगारसँगै आर्थिक रुपमा जर्जर रहेको मुलुकमा एक पछि अर्को गर्दै राज्यशक्तिको चरम दुरुपयोग गरी मनलागि सार्वजनिक विदा दिएको भन्दै मञ्चले विरोध जनाएको हो ।

एक दिनको सार्वजनिक विदाले राज्यलाई पर्ने आर्थिक भारदेखि नागरिकले पाउने प्रशासनिक सेवामा प्रभावित, विद्यार्थीहरुमा पर्ने पढाईमा बोझ र न्यायलयमा तारिक पेसी फैसला लगायतमा असर पर्ने भएपनि सरकार बेखबर रहेको मञ्चले जनाएको छ । हरेक जात विशेष पर्वमा विदा, राजनीतिक पार्टी स्थापनाको विदा (शस्त्रयुद्ध दिवस सार्वजनिक विदा) लगायतका विदाले देशको आर्थिक अवस्था चुनौती बन्दै गएको सार्वजनिक सरोकार मञ्चका संयोजकसमेत रहेका डा.कृष्ण कुमार तामाङले बताए । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता हेब बहादुर खड्काले जहाज दुर्घटना हुदा सार्वजनिक विदा, पार्टीले शस्त्रद्धन्द शुरुको दिनमा सार्वजनिक विदा, नेता महाराजाको जन्मोत्सवमा विदा दिनु देश र जनता माथि अन्याय भएको बताए ।

त्यस्तै अर्का वक्ता राधाकृष्ण कटवालले सार्वजनिक विदा सम्बन्धमा स्पष्ट कानुन बनाउन जरुरी रहेको वताए । जसलाई जति बेला मन लाग्यो त्यति बेला सार्वजनिक विदा दिन नमिल्ने कानुन निर्माण हुन जरुरी भएको पनि कटवालले बताए । रेमिट्यान्समा चलेको देशमा कर्मचारी रिजाउन विदा माथि विदादिने संस्कारको अन्त्य हुनुपर्नेमा पनि कटवालले जोड दिए । विरोधसभामा समाजसेवी सुर्य खडका, राधादेवी तामाङ , डा. आमोद वञ्जन लगाएत दर्जनौं व्यक्तिहरुको उपस्थिति रहेको थियो । मञ्चले सार्वजनिक सरोकारका विषयमा निरन्तर खवरदारी गरिरहने जनाएको छ ।