बालाजुमा सवारी आवगमन ठप्प
काठमाडौं । बालाजुको माछापोखरी क्षेत्रमा सवारी आवगमन ठप्प भएको छ ।

यातायात व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका कारण सवारी आवगमन बन्द भएको हो ।

विभिन्न मागसहित यातायात व्यवसायीहरूले सडकमा सवारी तेस्राएर आवगमन ठप्प पार्दा सर्वसाधरणले सास्ती भोग्नुपरेको छ ।

सवारी नियम उल्लंघनको दस्तुर एक हजार पाँच सय रूपैयाँ पुर्याइएको र पाँचपटकसम्म कारवाहीमा परे लाइसेन्स खारेज हुने नियमको विरूद्धमा व्यवसायीले आन्दोलन गरेका हुन् ।


ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया