बालाजुमा उदण्ड मच्चाउने १२ जना पक्राउ
काठमाडौं । आइतबार बालाजु परिसरमा उदण्ड मच्चाउने १२ जना यातायात व्यवसायी तथा मदजुरहरू पक्राउ परेको छन् ।
लोत्से मलमा लुटपाट गर्ने र आन्दोलनमा रहेका १२ जना हाल प्रहरीको नियन्त्रणमा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रवक्ता हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
‘अन्यको पनि खोजी कार्य जारी छ । प्रहरीको सहयोग पाइएन भन्नेबारे व्यवसायीले गरेको एकतर्फी गुनासो सत्य होइन,’ उनले भने, ‘आन्दोलनलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको हो । हामीले सबैलाई खोज्छौं र कानुनबमोजिम कारवाहीको दायरामा ल्याउछौं ।’
उनका अनुसार आन्दोलनकारीले प्रहरीको दुईवटा भ्यान जलाएका छन् भने दुईवटा प्रहरी पोष्टमा क्षति पुर्याएका छन् । लोत्से मलमा लुटपाटसँगै उनीहरूको रवैका कारण ६४ जना प्रहरी घाइते भएका छन् । क्षतिको थप विवरण आउनै बाँकी भएको उनले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया