टोटेनहममाथि मिलानको सकसपूर्ण जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब एसी मिलानले टोटेनहममाथि कठिन जित निकालेको छ ।
गएराति सम्पन्न खेलमा मिलानले प्रिमियर लिग क्लब टोटेनहमलाई १–० को झिनो अन्तरमा पराजित गरेको हो ।
मिलानका लागि ब्राहिम डियाजले सातौं मिनेटमा नै गोल गरे जुन निर्णायक बन्न पुग्यो ।
योसँगै अन्तिम आठमा पुग्ने मिलानको सम्भावना बलियो बनेको छ । अब यी दुई टिमबीच आगामी मार्च ८ मा दोस्रो लेग हुनेछ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया