NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

उपत्यकामा आज, कस्ता-कस्ता हुँदैछन् कार्यक्रम ?

काठमाडाैं । उपत्यकामा आज विभिन्न कार्यक्रमहरू हुँदैछन् । तीमध्ये आज दिउँसो १ बजे सामाजिक अभियानता तारा बराल निलम्वित प्रहरीको पुनस्थापनाका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबार जाने कार्यक्रम छ ।

त्यस्तै नेपाल छाला जुत्ता उत्पादक संघले फागुन ३ गतेदेखि ९ गतेसम्म आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु मेला महाेत्सव समुद्घाटन कार्यक्रम गर्ने कार्यक्रम छ ।

यस्तो छ आज हुने कार्यक्रमहरू :

१.राष्ट्रपति विद्या देवी भण्डारी नेपाली सेनाको हेली बाट दाङ जाने ।
स्थान :- भैरवनाथ गण महाराजगन्ज बाट ।
समय :- ९:०० बजे ।

२.बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै धर्ना बसेको महिला अधिकारकर्मीहरूले सरकार संग भएको सम्झौता को बिषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- ११:०० बजे ।

३.नेपाल छाला जुत्ता उत्पादक संघले फागुन ३ गतेदेखि ९ गतेसम्म आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु मेला महाेत्सव समुद्घाटन कार्यक्रम गर्ने ।
स्थान :- भृकुटीमण्डप प्रदर्शनी मार्ग ।
समय :- ११:०० बजे ।

४.संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने ।
स्थान :- संघीय संसद भवन, नयाँ बानेश्वर ।
समय :- ११:०० बजे ।

५.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन को २३ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र कार्यक्रम हुने ।
स्थान :- प्रज्ञाप्रतिष्ठान, कमलादी ।
समय :- ११:०० बजे ।

६.अखिल (क्रान्तिकारी) नेपाल कमर्श क्याम्पस समितिले स्नातक तह प्रथम बर्षका नव – आगन्तुक बिध्यार्थिहरुको स्वागत कार्यक्रम गर्ने ।
स्थान :- नेपाल कमर्श क्याम्पस प्राङ्गण, मिनभवन ।
समय :- ११:३० बजे ।

७.दिगो बिकास तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- ११:३० बजे ।

८.सामाजिक अभियानता तारा बराल निलम्वित प्रहरीको पुनस्थापनाका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबार जाने ।
स्थान :- प्रधानमन्त्री कार्यालय, सिंहदरबार ।
समय :- १३:०० बजे ।

९.नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष राजनीतिज्ञ एवं नेपालका वरिष्ठ कलाकार बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने ।
स्थान :- अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्स, सातदोबाटो, ललितपुर ।
समय :- १४:०० बजे ।

१०.सार्बजनिक बिद्यालय सुधार समिति का संयाेजक जिल्ला गाेरखा पालुङटार ४ घर भई हाल किर्तिपुर ४ बस्ने बर्ष ४६ काे प्रकाश न्याैपाने सार्बजनिक बिद्यालय सुधारकाे लागि विभिन्न १५ बुदे माग राखि माघ २९ गते ११:३० बजे बाट जमल स्थित दरबारहाई स्कुलमा आमरण अनसन बसेकोमा स्वास्थ्यमा समस्या आएकोले २ गते ११:१५ बजे वीर अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको अनसन जारी ।