NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

किङ्स कलेज र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

काठमाडौं । किङ्स कलेज र राष्ट्रिय आविष्कार केन्द्रबीच उद्यमी र आविष्कारहरूलाई समर्थन गर्ने उद्देश्यले सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौतासँगै, किङ्स कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई विचार प्रवर्द्धन, उत्पादन अनुसन्धान र विकास, ब्रान्डिङ र मार्केटिङ प्रयासमा सहयोग गर्नेछ ।

साथै, राष्ट्रिय आविष्कार केन्द्रले किंग्स कलेजलाई विद्यार्थी विचार र परियोजनाहरूको पालनपोषण गर्न सहयोग गर्नेछ । पारस्परिक रूपमा लाभदायक मानिएकाे याे साझेदारीले उद्यमशीलता र नवप्रवर्तन समुदायहरूलाई धेरै लाभ पुग्ने विश्वास किङ्स कलेजले लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष