लुटपाट र आग्जनी गर्नेमाथि तत्काल कारवाही गर्न प्रधानमन्त्रीलाई सांसदहरूको दबाब

काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाट र आग्जनीको घटनालाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ दल एमालेका सांसद योगेश भट्टराईले उक्त घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
‘नयाँ बसपार्कमा भएको लुटपाट र आग्जनीको घटना सभ्य समाजका लागि कलंक भएको छ । यस्तो घटनाले हाम्रो समाज कता जाँदै त्यसतर्फ सरकारको ध्यान गएको छ कि छैन ?, सरकारको ध्यानाकर्षण गराउँदै भट्टराईले भने, ‘दोषीमाथि तत्काल कारवाही गर्न सभामुखमार्फत् म सरकारको गम्भीर ध्यानाकर्ष गराउन चाहन्छु ।’
प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद डा. प्रकाशशरण महतले बसपार्कमा भएको घटनाको भत्सर्ना गर्दै दोषीमाथि तत्काल कारवाही गर्न सरकारसँग आग्रह गरे ।
‘सोमबार भएको लुटपाट र आग्जनीको घटनाले समाजमा त्रास देखिएको छ । दिन दाहडै त्रासदीपूर्ण घटना हुँदासमेत प्रहरी प्रशासन निरिह देखिएको छ । उक्त घटनामा संलग्नमाथि तत्काल कारवाही गर्न म सरकारसँग दोजदार माग गर्छु’, महतले भने ।
एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले उक्त घटनामा सहभागीलाई कानुन बमोजिम कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘सोमबार राजधानीमा दिउँसै प्रहरीका भ्यान जलाइएको छ । पसलमा लुटपाट मच्चाईएको छ’, सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘त्यसमा संलग्न भएकाहरूलाई तत्काल कारवाही होस् ।’
राप्रापका सांसद ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् ।
‘संसारका कुनै देशमा नदेखिने दृष्य जस्तो गोंगबुमा देखियो,’ राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले भने, ‘यो देशमा गृहमन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको ?’, सरकारमाथि उनले प्रश्न गरे ।
काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले दोषीमाथि कारवाही गर्न माग गरेका हुन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया