ग्यास सिलिन्डर विस्फोटमा घाइते भण्डारीको आमाको मृत्यु

काठमाडौं । ग्यास सिलिन्डर दुर्घटनामा घाइते कांग्रेस नेता चन्द्रबहादुर भण्डारीको आमाको निधन भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको बिहीबार मृत्यु भएको हो ।
अस्पताल स्रोतले बिहान १०ः५७ मा उनको मृत्यु भएको जनाएको छ ।
बुद्धनगरस्थित निवासमा बिहीबार राति ग्यास सिलिन्डर हुँदा भण्डारीसँगै उनकी आमा घाइते भएकी थिइन् । उनको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।
घाइते नेता भण्डारीको भने उपचार जारी छ । फोक्सो, टाउकोलगायत जटिल समस्या देखिएपछि उनलाई चिकित्सकले भारत लैजान सुझाव दिएका छन् । चिकित्सकको सल्लाहपछि उनलाई भारतको मुम्बई लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया