सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे अस्पताल
काठमाडौं । सिलिण्डर ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित वर्न अस्पताल पुगेका छन् ।
बिहीबार बिहान अस्पताल पुगेका देउवाले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनको आमाको बिहान ११ बजेर ५७ मिनेटमा निधन भइसकेको छ ।
भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थिति नेशलन बर्न अस्पताल लाने तयारी भइरहेको छ । देउवाको साथमा उपसभापति धनराज गुरुङ, प्रमुख सचेतक रमेश लेखक, नेता बालकृष्ण खाँण, अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेले अस्पताल गएका छन् ।
बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति सिलिण्डर विस्फोट हुँदा भण्डारीको ३० प्रतिशत र उनको आमाको ७० प्रतिशत शरीर जलेको थियो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया