लोत्से मल लुटपाट घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । यातायात मजदुर व्यवसायीले सोमबार नयाँ बसपार्क गोंगबुमा आन्दोलन गर्दा लोत्से मलमा भएको लुटपाट क्षतिबारे जाँचबुझ गर्न समिति गठन भएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
गठित समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।
यातायात मजदुरले सवारी नियम उल्लंघनको दस्तुर एक हजार पाँच सय रूपैयाँ पुर्याइएको र पाँचपटकसम्म कारवाहीमा परे लाइसेन्स खारेज हुने नियमको विरूद्धमा आन्दोलन गरेका थिए ।
ताजा अपडेट
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
प्रतिक्रिया