भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारत लगियो
काठमाडौं । गएराति आफ्नै निवासमा ग्यास बिस्फोटमा परी जलेर घाइते भएका कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
भण्डारीको स्वास्थ्य अवस्था गम्भीर भएकाले मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस सेन्टरमा लगिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भण्डारीलाई अस्पतालबाट त्रिभुवन विमानस्थलसम्म एम्बुलेन्समा लगिएको थियो ।
विभानस्थलबाट एयर एम्बुलेन्सको रूपमा श्री एयरलायन्स विमानबाट मुम्बई लगिएको हो । उनको स्वासप्रश्वास नली सुन्निन थालेको कारण जटिलता थपिएको हो । स्वास्थ्य समस्यामा थप जटिलता नहोस् भनेर उनका साथमा ६ जना चिकित्सकको टीम सँगै गएका छन् ।
चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । उनकी आमा हरिकलाको बिहान उपचारकै क्रममा निधन भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया