NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

अखिलको नयाँ नेतृत्वको लागि मतदान : कसले मार्ला बाजी ?

काठमाडौं । सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रियामा गएको हो । जारी मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ ।

अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष आसी लामिछाने र महासचिव समिक बडाल, उपाध्यक्ष द्वय मोती विक, लोकेश निरौला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चारजनामध्ये मुख्य प्रतिप्पर्धा लामिछाने र बडालबीच हुने नेताहरूले बताएका छन् ।

महाधिवेशनले एक अध्यक्षसहित चार जना उपाध्यक्ष, एक महासचिव, १० जना सचिव र एक कोषाध्यक्ष गरी १७ जना पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

यसैगरी चार जना उपाध्यक्षका लागि निर्वतमान उपाध्यक्ष झपिन्द्र खत्रीसहित १६ जना प्रतिस्पर्धामा छन् । महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटीलगायत पाँच जना चुनावी मैदानमा छन् । यसअघि अनेरास्ववियुको २२ औं महाधिवेशन २०७२ मा भएको थियो ।

अनेरास्ववियुको महाधिवेनशनको उद्घाटन भव्य समारोहबीच एमालेका अध्यक्ष केपी ओलीले मंगलबार प्रज्ञा भवन कमलादीमा गरेका थिए । बुधबारदेखि जारी बन्दसत्रमा १५ सय ७३ जना महाधिवेशन प्रतिनिधि सहभागी रहेका छन् । मतगणना आज रातिबाट सुरू हुने विद्यार्थी नेताहरूले बताएका छन् ।