५ महिनाभित्र महाभियोग टुंगो लगाउने गरी प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
काठमाडौं । महाभियोग ५ महिनाभित्र टुंगो लगाउने गरी प्रतिनिधिसभा नियमावली मस्यौदा पारित भएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले महाभियोग लगाउने प्रस्ताव आएमा ५ महिनामा टुंग्याउने गरी नियमावली टुंग्याएको हो ।
प्रतिनिधिसभामा राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अंगका पदाधिकारीलाई कार्यकालको अन्तिममा महाभियोग सम्बन्धि प्रस्ताव आए के गर्ने भन्ने विषयमा विधायिकाहरूबीच छलफल भएको थियो । ५ महिनामा महाभियोग निष्कर्षमा पुर्याउन नसकेमा नयाँ संसद्ले आवश्यक निर्णय गर्ने व्यवस्था गरिएको छ ।
नियमावली पारित भएसँगै प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि बनाउन सजिलो सहज हुने भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया