यस्ता छन् आगोले पोल्दा तत्काल अपनाउनु पर्ने सावधानी
एजेन्सी । कहिलेकाही असावधानीवस आगोले पोल्छ । जसले छालामा असर गर्छ त गर्छ नै । यसले थप पीडा पनि दिन्छ । आगोको पोल्दा छालामा अत्यधिक जलन हुन्छ ।
जसले व्यक्ति सम्यम हुन सक्दैनन् र अतालिन्छन् । आगोले पोल्नेवित्तिकै केही घरेलु उपचार गर्दा पनि यसले ठूलो रूप लिन सक्दैन् ।
कसरी गर्ने प्राथमिक उपचार ?
छाला पोल्नेबित्तिकै एकछिन पनि ढिला नगरी चिसो पानीमा डुबाउनु पर्छ । यसले जलन भएको ठाउँमा बढी जलन र फोका उठन पाउँदैन् । यसैगरी आगोले पोल्दा आलुको रस लगाउँदा पनि हुन्छ । यसले पनि जलनमा राहत दिन्छ । यदि आगोले वा तातो पानीले पोलेको छ र छाला छेडिएको वा नष्ट भएको छैन भने पोलेको भागलाई तत्काल सफा चिसो पानीमा डुबाउएर कपडाले छाेप्नु पर्छ ।
आगोले पोलेको समय तत्काल टमाटर र घिउकुमारी लगाउँदा यसले जलन भएको ठाउँमा सितल प्रदान गर्छ । यदि पोलेको ठाउँमा फोका उठेको छ भने त्यसलाई चलाउनु वा फुटाउनु हुँदैन । यसले अझ जलन गराउँछ । आगोले पोलेपछि प्राथमिक उपचार सँगै अस्पताल जानुपर्छ । घरकै उपचारमा भर परेर बस्दा यसले गम्भीर समस्या निम्याउन सक्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया