भारतबाट घटेर आयो पेट्रोलको मूल्य, नेपालमा घट्ला ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ ।
निगमका अनुसार आईओसीले डिजेलको मूल्य ६ रूपैयाँ ४० पैसा घटाएर पठाएको छ ।
यसभन्दा अघि आईओसीले पेट्रोल र डिजेलको को मूल्य बढाएर पठाएको थियो । त्यसपछि निगमले पनि पेट्रोल र डिजेलको मूल्य ३/३ रूपैयाँले बढाएको थियो ।
आईओसीले नयाँ मूल्य घटाएर पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन । निगमका अनुसार निगमले आईओसीलाई अझै भुक्तानी गर्न बाँकी रकम १६ अर्ब ३० करोड रूपैयाँ रहेको छ ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८ रूपैयाँ र डिजेल १७५ रूपैयाँ रहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया