अनेरास्ववियुको अध्यक्षमा बडालको सानदार जित
काठमाडौं । नेकपा एमालेनिकट विदार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी आरसी लामिछानेलाई फराकिलो मतान्तरमा पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
बडालले ९ सय ६२ मत हासिल गरेर जित दर्ता गराउँदा लामिछाने ३५६ मतमा रोकिए ।
चार उपाध्यक्षका लागि भएको निर्वाचनमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् ।
महासचिवमा नरेश रोकायले बाजी मारे ।
सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगम अर्याल विजयी भए ।
अनेरास्ववियुको २३ औं महाधिवेशनअन्तर्गत गएराति निर्वाचन भएको थियो ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया