अनेरास्ववियुको आगामी नेतृत्वको लागि को–को भए निर्वाचित ?
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आगामी नेतृत्व चयन गरेको छ । बिहीबार राति सम्पन्न निर्वाचनबाट अनेरास्ववियुले अध्यक्षलगायत पदाधिकारी, सदस्य चयन गरेको हो ।
अध्यक्षमा समिक बडाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी आरसी लामिछानेलाई फराकिलो मतान्तरमा पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
बडालले ९ सय ६२ मत हासिल गरेर जित दर्ता गराउँदा लामिछाने ३५६ मतमा रोकिए ।
चार उपाध्यक्षका लागि भएको निर्वाचनमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् ।
महासचिवमा नरेश रोकायले बाजी मारे ।
सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगम अर्याल विजयी भए ।
अनेरास्ववियुको २३ औं महाधिवेशनअन्तर्गत गएराति निर्वाचन भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया