नेपाल र स्कटल्याण्ड भिड्दै, दुवैको दाउ जितलाई निरन्तरता दिने
काठमाडौं । आइसिसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजमा आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु मैदानमा स्कटल्याण्डसँग नेपालको यो पहिलो प्रतिस्पर्धा हो ।
खेल अहिले बिहान ९ बजे टियु मैदान, कीर्तिपुरमा हुनेछ ।
आजको खेलमा नेपाल जितलाई निरन्तरता दिनुपर्ने दबाबमा हुनेछ । यसअघि सम्पन्न पहिलो खेलमा उसले नामिबियालाई पराजित गरेको थियो ।
नेपालजस्तै स्कटल्याण्डले पनि पहिलो खेलमा नामिबियालाई हराएकाले ऊ पनि दोस्रो जितको खोजीमा हुनेछ ।
नेपाल र स्कटल्याण्डले यसअघि पनि प्रतिस्पर्धा गरिसकेका छन् । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा यी दुई टिमले चार पटक खेलेका छन् । जसमा नेपालले १ र बाँकी स्टकटल्याण्डले जितेको थियो । नेपाल र स्कटल्याण्डबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो भेटचाहिँ १३ जुलाई, २०२२ मा भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया