स्कटल्याण्डविरुद्ध नेपालले फिल्डिङ रोज्यो, एक खेलाडी परिवर्तन
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–टू को त्रिदेशीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेको हो । स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा ललित नारायण राजवंशी समावेश भएकोमा उनको स्थानमा गुल्सन झालाई स्थान दिइएको हो ।
मैदानमा उत्रिएका अन्य खेलाडीमा भने रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।
स्कटल्याण्डविरुद्ध घरेलु मैदानमा नेपालको यो पहिलो भेट हो । यसअघि पहिलो खेलमा जित निकालेका दुवै टिम आज पनि त्यसको निरन्तरताको खोजीमा रहनेछन् ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया