NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

इमरान खान जुनसुकै बेला गिरफ्तार हुनसक्ने !

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरिक–ए–इन्साफका प्रमुख इमरान खानको जमानत याचिका खारेज भएको छ । योसँगै उनी जुनसुकै बेला गिरफ्तारमा पर्नसक्ने खतरा बढेको छ ।

समाचार एजेन्सी एपीपीका अनुसार लाहोर उच्च अदालतले गत बिहीबार इमरान खानको जमानत आवेदन खारेज गरेको छ।

गत वर्ष इमरान खानविरुद्ध इस्लामावादको सांगजानी पुलिस स्टेशनमा आतंकवादसँग सम्बन्धित धाराहरूअन्तर्गत एफआईआर दर्ता गरिएको थियो।

आतंकवाद विरोधी अदालतले अन्तरिम जमानतको निवेदन खारेज गरेपछि उनी लाहोर उच्च अदालत पुगेका थिए।

इमरान खानले न्यायिक प्रणालीको मजाक गरेकाले उनलाई पक्राउ गर्नुपर्ने पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह खानले बताएका छन् ।उनले यसबारे आफूले कुरा राख्ने बताए ।

इमरान खानको जमानत याचिका खारेज भएपछि लाहोरस्थित उनको जमान पार्कस्थित घरबाहिर उनका समर्थकहरुको भीड जम्मा हुन थालेको छ ।

पाकिस्तान तहरिक–एइन्साफले आफ्नो ट्विटर ह्यान्डलबाट त्यस्ता धेरै भिडियोहरू साझा गरेको छ जसमा समर्थकहरूले इमरान खानप्रति आफ्नो वफादारी व्यक्त गरेको देख्न सकिन्छ।

ताजा अपडेट

नेपालवाच विशेष