NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

के हो एमालेको ‘मिसन ग्रासरूट’ अभियान ?

काठमाडौं । नेकपा (एमाले) को ‘मिसन ग्रासरूट’ अभियान दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान शुक्रबारबाट सुरू हुने भएको छ ।
दिउँसो सवा १२ बजे सबै प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्नेछन् ।

गतमाघ २६ गतेको केन्द्रीय सचिवालय बैठकले सातैवटा प्रदेशमा ५ फागुनदेखि अभियान चलाउने निर्णय गरेको थियो । बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा पनि छलफल गरी टुङ्गो लगाएको थियो ।

केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिने भएका छन् ।

‘अभियानका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरूमा खटाइएको छ’, उनले भने, ‘उनीहरूले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गर्नेछन् ।’

कुन प्रदेशमा कसलाई दिइयो जिम्मेवारी ?

प्रदेश–१

अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की
मधेश प्रदेश

ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बाग्मती प्रदेश

सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश

युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश

रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई

कर्णाली प्रदेश

सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फे

सुदूरपश्चिम प्रदेश

विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा

विशेष कमिटी (केन्द्रीय कार्यालय)

शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी हुनुहुन्छ ।