NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

शिवरात्रिमा आउने विदेशी पाहुनाका लागि परराष्ट्रले माग्यो सुरक्षा

काठमाडौं । फागुन ६ गते पर्ने शिवरात्रि पर्वमा विदेशबाट आउन लागेका विशिष्ट पाहुनाको सुरक्षाको लागि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रालयले महाशिवरात्रिको अवसरमा भारतका गोबद्र्धन पुरी मठका पीठाधिश जगदगुरु शंकराचार्य अनन्त विभूषित श्री निश्चालान्द सरस्वतीजी महाराजज्यु आउने हुँदा गृहलाई सुरक्षा व्यवस्थाको माग गरेकाे हाे ।

मन्त्रालयले महाशिवरात्रीमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा आएका जगदगुरु शंकराचार्यको समुपस्थितिमा हुने सबैकार्यहरुमा आवश्यक सुरक्षा व्यवस्थाका गर्न आग्रह गरेको छ ।