हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम

काठमाडाैं । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यस वर्ष औषधि खुवाउने कार्यक्रम सञ्चालन हुनेछ । उनले भने, ‘१५ जिल्लाका ८५ लाख जनसङ्ख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ । यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्नका लागि औषधि सेवन कार्यक्रम प्रभावकारी बनाउन आवश्यक छ ।’
सन् २००३ देखि ६४ जिल्लामा सञ्चालन गरिएको अभियान अहिले १४ जिल्लामा सञ्चालन हुँदै आएको छ । यी जिल्लाका बासिन्दामा हात्तीपाइले रोगविरुद्ध हरेक दुई–दुई वर्षमा रगत परीक्षण गर्दा पनि अपेक्षाकृतरुपमा नघटेकाले अभियान आयोजना गरिएको होे । थप गरिएको एक जिल्ला रसुवामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएपछि औषधि सेवनको अभियान सञ्चालन हुन लागको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया