सुपर एप हाम्रो पात्रोमा नयाँ फिचर : तरकारीदेखि घरगाडी किन्न उपयोगी
काठमाडौं । सुपर एपको रूपमा स्थापित भएको लोकप्रिय एपलिकेसन हाम्रो पात्रोले अब ‘मोबाइल वालेट’ को पनि सुविधा थपेको छ ।
यसअघि एपमार्फत ज्योतिषी, स्वास्थ्य, रेमिट, उपहार, समाचार तथा रिचार्जकोसमेत सुविधा दिँदै आएको एपले अब सेवाग्राहीका लागि अर्को सुविधा विस्तार गरेको हो ।
हाम्रो पात्रोले ल्याएको ‘हाम्रो पे’ मार्फत अब सजिलै ग्राहकहरूले मोबाइलमार्फत नै रकम भुक्तानी गर्न सक्नेछन् । मोबाइल बैंकिङ तथा ‘क्यासलेस’ कारोबारको ट्रेण्ड बढेसँगै हाम्रो पात्रोले यो सेवा थप गरेको हो ।
हिजोआज डिजिटल दुनियाँको प्रवेशसँगै मन्दिरमा भेटीदेखि रेष्टुरेन्टको बिल या घर गाडी खरिदमासमेत मोबाइल बैंकिङको प्रयोग विस्तार भइसक्यो । यस्तो अवस्थामा हाम्रो पात्राले ल्याएको नयाँ फिचर दैनिक जीवनमा आवश्यक तरकारीसँगै घरगाडी खरिद गर्नसमेत उपयोगी हुने भएको छ ।
आज काठामाडौंमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रो पात्रोले उक्त सेवा थपेको जानकारी दिएको छ ।
कार्यक्रममा संस्थाकी निर्देशक सुदिना गौतमले उपभोक्ताले बढ्दो डिजिटल दुनियाँमा सबै किसिमको सेवा उपभोग गर्न पाउन् भन्ने उद्देश्यका साथ यो सेवा सुरू गरिएको जानकारी दिइन् ।
‘हाम्रो मुख्य उद्देश्य नै सेवाग्राहीहरू माझ धेरै भन्दा धेरै सुविधा थप गर्नु हो,’ उनले भनिन्, ‘यसले डिजिटल दुनियाँमा नयाँ आयाम थपेको छ । एउटै एपबाट यति धेरै सुविधा दिन सक्दा हामी पनि खुसी छौं । र, यसको मूल कारण सेवाग्राहीहरूको माया हो ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया