१८ दिनमै रिहा भए सांसद चौधरी

काठमाडौं । कैलाली क्षेत्र नंबर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद अरूण चौधरी रिहा भएका छन् । कैलाली जिल्ला कारागारमा रहेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा पाएसँगै रिहा भएका हुन् ।
उनलाई कारागार चलान गरिएको १८ दिन भएको थियो ।
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रजातन्त्र दिवसको उपलक्ष्यमा तीन सय ९५ जनाको कैद सजाय माफी दिने जनाएको थियो ।
कैलाली कारागारमा रहेका सांसद चौधरीसहित अन्य १४ जनाको पनि कैद मिनाहा माफी गरिएको छ ।
सांसद चौधरीले ढुंगा लिन चिसापानीस्थित गोरांगा खोलाबाट ढुंगा लोड गरी लम्कीतर्फ आउँदै गरेका चालक साजन चौधरीलाई ८/१० जनासहित कुटपिट गरी ट्याक्टरमा आगो लगाइ आठ लाख ७५ हजार रूपैयाँको क्षति पुर्याएको भन्दै मुद्दा परेको थियो ।
यही मुद्दामा उनलाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते दोषी ठहर गरेको थियो ।
उक्त घटनामा दोषी ठहर गर्दै चौधरीलाई अदालतले ६ महिनाको कैद सजायसहित आठ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया