राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्छ : माधव नेपाल
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने जिकिर गरेका छन् ।आइतबार अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठकलाई कीर्तिपुरमा सम्बोधन गर्दै उनले सत्ता साझेदार दलका कारण गठबन्धन टुट्ने दाबी गरे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नै चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन संकटमा परेको छ । पहिले के–के न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले पदबाट हटायो’, अध्यक्ष नेपालले भने, ‘त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारिरहेका छन् । कुन दिन त्यो गठबन्धन भत्किने हो, ठेगान छैन ।’
राष्ट्रपतिको निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंग्गो लाग्ने नेपालको भनाइ छ ।
‘सबै पद आफैं लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्र भन्न सकिन्छ’, उनले भने ।
कार्यक्रममा उनले मुलुकको राजनीति कोर्स परिवर्तनका लागि एक साता कुर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया