NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २० गते

जीवनको आयु कसरी बढाउने ?

काठमाडौं । शरीरमा बल छँदा युवावस्थामै मरिन्छ वा भोलि बिरामी परिन्छ की भन्ने कुराको कम चिन्ता हुन्छ । तर तपाईको जीवन कति लामो हुँदैछ भन्ने कुरा तपाईको जीवनशैलीले प्रष्ट भनिरहेको हुन्छ ।

एक पटक टक्क रोकिएर आफ्नो जीवनशैलीबारे सोच्नुहोस्, तपाईको जीवनशैली तपाईका स्वास्थ्यका लागि कति सहयोगी छ ?

किनपनि यो सोच्न जरुरी छ भने, लामो समयसम्म बाँच्ने सबैको चाहना हुन्छ । कति लामो बाँच्ने भन्ने पूर्णतः आफ्नो हातमा नहुन सक्छ ।

यद्यपि के आफ्नो जीवनको आयु लम्ब्याउन तपाईंले कहिल्यै केही सोच्नुभएको छ ? यदि छैन भने लामो जीवन बाच्ँनका लागि यी कुराहरूमा ध्यान दिनुहोस् :

– सुखी र लामो जीवन चाहनुहुन्छ भने तनावबाट टाढा रहन आवश्यक हुन्छ । किनभने, तनावको स्नायु सिधा सम्बन्ध हुन्छ । विश्वका कैयौँ देशमा तनावलाई टाढा राख्न फरक–फरक शैली अपनाइएको पाइन्छ ।

– पछिल्लो समय संयुक्त परिवारको संस्कार बिस्तारै हट्दै गएको छ । वास्तवमा संयुक्त परिवार घरमा खुसी छाउने एउटा माध्यम हो । जहाँ बच्चाले एक–अर्काबाट संस्कार सिक्छन् । अनि तनाव दूर गर्ने र स्वस्थ रहने आइडिया लिन्छन् ।

– सामाजिक काममा सक्रिय रहँदा पनि लामो जीवन बाँच्न सहयोग मिल्छ । किनकि, यसबाट पनि तनावबाट टाढा रहन सकिन्छ । जुनसुकै कामलाई पनि एक्लै फत्ते गर्न सक्छु भन्ने कुरा दिमागबाट हटाउन जरुरी हुन्छ ।

– स्वस्थ रहन र लामो समयसम्म बाँच्न व्यायामलाई जीवनशैलीको अंग बनाउन जरुरी छ । व्यायामले फिट र सुन्दर मात्र बनाउँदैन, विभिन्न रोगबाट टाढा राख्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । व्यायामका लागि स्विमिङ, साइक्लिङ, मर्निङ वाक गर्न सक्नुहुन्छ ।

– धूम्रपान र मद्यपानबाट टाढा रहँदा कैयौँ शारीरिक खतराबाट टाढा रहन सकिन्छ । यस्तो पदार्थको सेवनले पारिवारिक जीवनलाई पनि तनावग्रस्त बनाउँछ । जसले तनाव बढाउँछ ।

–जीवनलाई सुन्दर बनाउन चाहनुहुन्छ भने सकारात्मक सोच निकै महत्वपूर्ण हुन्छ । सकारात्मक सोचले जहिले पनि सकारात्मक परिणाम ल्याउँछ । र, ऊर्जा पनि प्राप्त हुन्छ । अनि जीवन खुसी हुन्छ । तसर्थ, सधैँ सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ ।

–फाइबर, भिटामिन, मिनरल्सयुक्त खाद्यपदार्थको नियमित प्रयोग दैनिक खाने खानामा हुन जरुरी हुन्छ । यसमा अझ हरियो तरकारीको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ ।