१३ अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी बिलको बोलकबोल भने भोलि सोमबार हुने छ ।
राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन यो चैत ७ गते परिपक्व हुनेछ ।
९१ दिनको लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० जेठ ९ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनका लागि ६ अर्बको ट्रेजरी बिल जारी हुँदै छ । जुन २०८० साउन भदौ ५ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया