NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

१३ अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी बिलको बोलकबोल भने भोलि सोमबार हुने छ ।

राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनको लागि  ५ अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन यो चैत ७ गते परिपक्व हुनेछ ।

९१ दिनको लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० जेठ ९ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनका लागि ६ अर्बको ट्रेजरी बिल जारी हुँदै छ । जुन २०८० साउन भदौ ५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।