NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मार्क जुकरबर्ग पनि एलन मस्कको बाटोमा, पर्नसक्छ तपाईंलाई पनि असर

काठमाडौं । ट्विटरका प्रमुख एलोन मस्कले केही समयअघि ब्लू टिक अर्थात् भेरिफाइड ह्यान्डलको सुविधामा शुल्क लगाएका थिए ।

यो सेवा अहिले भारतलगायत धेरै देशमा सुरु भएको छ । यसअन्तर्गत पैसा तिरेर आफ्नो ट्विटर ह्यान्डलमा निलो टिक प्राप्त गर्न सकिन्छ ।

मस्कले केही समयअघि थालेको यस्तै सुविधा फेसबुक र इन्स्टाग्रामले सुरु गर्ने भएको छ ।

फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाका प्रमुख मार्क जुकरबर्गले यो घोषणा गरेका हुन् ।

मार्क जुकरबर्गले भने, ‘हामी फेसबुक र इन्स्टाग्रामका लागि मेटा भेरिफाइड सेवाको परीक्षण सुरु गर्दैछौं। यस सेवाअन्तर्गत तपाईंको खाता आधिकारिक आइडीअन्तर्गत प्रमाणित गरिनेछ। यससँगै तपाईंको पहुँच पनि बढ्नेछ।’

मेटाले पहिलो चरणमा अष्ट्रेलिया र न्युजील्याण्डबाट यो सेवा परीक्षण गर्दैछ ।

कम्पनीले मेटा भेरिफाइ फिचर छिट्टै विश्वभर ल्याउने जनाएको छ । लामो समयदेखि रहेको यो मागबारे कम्पनीले गत वर्षदेखि सोचिरहेको मेटाले जनाएको छ ।

यो सुविधा वेबमा १२ डलर प्रतिमहिना उपलब्ध हुनेछ । साथै यो सुविधा आइओएस र एन्ड्रोइडमा लिन प्रति महिना १५ डलर लाग्नेछ ।