यी हुन् भारतका प्राध्यापक एसडी मुनीले देखेका नेपालका सम्भावित राष्ट्रपतिका उम्मेदवार

काठमाडौं । आगामी फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति बन्नुपर्ने विषय उठिरहेको बेलामा भारतीय बुद्धिजिवीले सुख देउ मुनी(एसडी मुनी)ले समर्थन जनाएका छन् ।
राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा दलहरूबीच सकस भइरहेका बेला मुनीको अभिव्यक्तिलाई अर्थपूर्णरूपमा हेरिएको छ । नेपाल मामिलाका जानकार मानिने प्राध्यापक मुनीले राष्ट्रिय सहमतिका लागि चार जना उम्मेदवारको नाम अघि सारेका छन् । नेपालमा राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने माग जायज भएको टिप्पणी गरेका छन् ।
‘नेपालमा राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने माग जायज छ । निर्दलीय पृष्ठभूमिका देवेन्द्रराज पाण्डे, प्रा.डा बराल, दमननाथ ढुंगाना, अनुराधा कोइरालाजस्ता निष्ठावान र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्तिहरू राजनीतिक वर्गले मान्न योग्य छन्,’ सोमबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
यसअघि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेपनि दलका नेताहरूले नै विरोध जनाएपछि चर्चा सेलाएको थियो ।
मुनीले अघि सारेको राष्ट्रपतिका सम्भावित उम्मेदवारमध्ये कोइराला बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख हुन् । ढृुंगाना पूर्वसभामुख हुन् । यसैगरी बराल त्रिविका प्राध्यापक र देवेन्द्रराज पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् ।
प्रतिक्रिया