NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कस्तो छ कांग्रेस नेता भण्डारीको पछिल्लाे स्वास्थ्य अवस्था ?

काठमाडौं । ग्यास दुर्घटनाका क्रममा जलेर घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डरीकाे स्वास्थ्यमा सुधार आएको छ ।

भारतको मुम्बईस्थित अस्पतालमा उपचाररत भण्डारीको स्वास्थ्य अवस्थामा अहिले सुधार आएको भारतमा रहेका त्रि चन्द्र कलेजका प्राध्यापक माधव न्यौपानेले बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भण्डारीको स्वास्थ्य स्थिति सामान्यतर्फ गइरहेको जानकारी दिएका हुन् । उनका अनुसार भण्डारीलाई अहिले ज्वरो आएको छैन भने सवै स्वास्थ्य पारामिटर नर्मल रहेको छ ।

भण्डारीको बुद्धनगरस्थित निवासमा बिहीबार राति ग्यास सिलिन्डर दुर्घटना हुँदा उनीसँगै आमा घाइते भएका थिए । घटनालगत्तै उद्धार गरेर दुवै जनालाई कीर्तिपुरस्थित वर्न अस्पताल लगिएकोमा आमाको बिहीबार बिहानै मृत्यु भएको थियो ।

भण्डारीलाई भने चिकित्सकको सल्लाहअनुसार भारत लगिएको हो । जलनले श्वास नली, फोक्सो, टाउकोलगायत अंगमा पुर्याएको क्षतिको उपचार सम्भव नभएको भन्दै चिकित्सकले भारत लैजान सिफारिस गरेका थिए ।