बन्दै नबनेको बाटोको कार्य सम्पन्न प्रतिवेदन बुझाएर भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरूपयोग अनुसनधान आयोगले बन्दै नबनेको सडकको झुटो कार्य सम्पन्न प्रतिवेदन बनाई भ्रष्टाचार गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध मुद्दा दायर गरेको छ ।
आयोगले दैलेखस्थित गुराँस गाउँपालिकाका तत्कालिन इन्जिनियर सरोज कुमार दाहाल र सब इन्जिनियर नविन कुमार वि.सीविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
इन्जिनियर द्वयले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्गर्तत आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिका वडा नं ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणमा रकम हिनामिना गरेको पाइएको छ ।
उनीहरूले आपसी मिलेमतोमा बन्दै नबनेको सडकको झुटो नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको विवरण बुझाएको बताइएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको सजायको मागदाबी सहित उनीहरूविरूद्ध मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया