ताजकिस्तानकाे हिमपहिरो परी १९ जनाको मृत्यु
एजेन्सी । मध्य एसियाको पहाडी मुलुक ताजकिस्तानमा गएको हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ । यही फागुन ३ देखि ७ गतेसम्म २०० स्थानमा हिमपहिरो गएको जनाउँदै सरकारी अधिकारीहरूले पाँच दिनको अवधिमा मृतकको सङ्ख्या १९ पुगेको जनाएका हुन् ।
हिमपहिरोका कारण आपत्कालीन सेवासमेत बन्द भएका छन् । बेला बेलामा मध्य एसियाली मुलुक ताजिकिस्तान प्राकृतिक प्रकोपको चपेटामा परिरहन्छ । पूर्वसोभियत सङ्घबाट छुट्टिएका राज्यमध्ये ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र हो ।
उक्त देशमा सात हजार मिटरभन्दा माथिका हिमशिखर छन् । पञ्चानब्बे लाख जनसङ्ख्या रहेको ताजकिस्तान अफगानिस्तान, चीन र किर्गिस्तानले घेरिएका छन् ।
तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति इमोमाली रहमोनसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा इरानका राष्ट्रपति इब्राहिम रायसीले हिमपहिरोका कारण भएको अमूल्य जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया